You are viewing the translated version of (नियम २८ को उपनियम (१) र (३) स“ग सम्बन्धित).
अन्तर्वार्ताको मूल्याड्ढन फाराम
विज्ञापन नं.: पद: श्रेणी/तह;
सेवा: समूह: उपसमूह:
पदसंख्या: उम्मेदवार संख्या: सम्बन्धित मन्त्रालय:
माथि उल्लिखित विज्ञापनमा सहभागी कुनै पनि उम्मेदवार मेरो पति, पत्नी तथा छोरा– छोरी, दाजु–भाइ, दिदी–बहिनी, भाउजु–बुहारी, जेठाजु, देवर, जेठानी, देउरानी, आमाजु, नन्द, काका– काकी, ठुलोबुबा–ठुलीआमा, सानाबा–सानीआमा, भतिजा–भतिजी, भाञ्जा–भाञ्जी, भिनाजु–ज्वाई, मामा–माइज्यू, फुपु–फुपाज्यू, साला–साली र तीनका छोराछोरी नाता पर्दैन अन्तर्वार्ता समितिको अध्यक्ष/दस्तखत ः
नाम, थरः
पदः
मितिः
द्रष्टव्य
(१) अन्तर्वार्ता लिइन लागेको पदको विज्ञापनमा अन्तर्वार्ता समितिका अध्यक्ष तथा सदस्यहरूका माथि उल्लिखित कुनै नाता पर्ने भएमा त्यस्तो अन्तर्वार्ताकर्ताले उक्त समूहको सो दिनको अन्तर्वार्तामा भाग लिनु हुँदैन ।
(२) अन्तर्वार्तामा अधिकतम ७०% भन्दा बढी र न्यूनतम ४०% भन्दा कम अड्ढ दिंदा पुष्ट्याई दिनु पर्नेछ । अन्तर्वार्ता गर्दा अन्तर्वार्ताकर्ताले ध्यान दिनु पर्ने कुरा
१. पदको कार्य विवरण यस अन्तर्गत सर्वप्रथम काम तथा पदको कार्य विवरण हेर्नु पर्नेछ ।
२. दरखास्त विवरण अध्ययन दरखास्त विवरण अध्ययन गरी उम्मेदवारको शैक्षिक उपलब्धि, अनुभव, अभिरुची आदि उल्लिखित वायोडाटालाई ध्यान दिनु पर्नेछ ।
३. (क) सेवा, समूह सम्बन्धी ज्ञान
उम्मेदवारको सेवा, समूह सम्बन्धी कामको ज्ञान, अनुभव सम्बन्धित क्षेत्रको अध्ययन एवं प्रकाशित कृति, तालीम आदि कुराहरू पदका लागि कति उपयोगी छन् निजले कुनै पदमा रही काम गरी सकेको भए त्यस बारे निजको ज्ञान कतिको छ र हालको पदस“ग निजले प्राप्त गरेको ज्ञानको कतिको सम्बन्ध छ ? आदि कुरालाई ध्यान दिनु पर्नेछ ।
(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय सम्बन्धी ज्ञान देशको सामाजिक, आर्थिक, राजनैतिक र अन्तर्राष्ट्रिय विषय सम्बन्धी जानकारी लिनु पर्नेछ ।
(ग) कामको अनुभव
यस सन्दर्भमा विज्ञापित पदस“ग सम्बन्धित काममा कुन तहमा कति वर्ष रही अनुभव प्राप्त गरेको छ, पदको काममा विशेष योगदान एवं अनुभव भएमा सो सम्बन्धी विषयमा दक्ष एवं विशेषज्ञले दृष्टि दिने ।
(घ) रुचि (Aptitude)
सम्बन्धित पद सम्बन्धी शिक्षा प्राप्त गरे तापनि त्यस पदका निम्ति व्यक्तित्व र वास्तविक अभिरुचि छ कि छैन, सो बारे ध्यान दिनु पर्नेछ ।
४. अतिरिक्त क्रियाकलाप
सामाजिक, पारिवारिक, व्यावसायिक, खेलकुद, मनोरञ्जन, शौख (ज्यददथ) आदि क्रियाकलापमा कुन प्रकारको संलग्नता छ ? आदि कुरामा जानकारी लिने ।
५. व्यक्तित्व परीक्षण
यस परीक्षणबाट उम्मेदवारको गुण अवगुण केलाउन सकिन्छ, जसका आधार मुख्य दुई प्रकारका छन्ः–
(क) संगठनात्मक व्यवहार प्रदर्शन
यस अन्तर्गत उम्मेदवारको अभिव्यक्ति मनोबृत्ति, अभिरुचि, चिन्तन–शक्ति, बौद्धिक स्थिति, महत्वाकांक्षा, सहयोगी भावना आदि विषयहरू संगठित देखिएमा एक गुणी उम्मेदवारको रुपमा मूल्यांकन गर्न सकिन्छ ।
(ख) असंगठनात्मक व्यवहार प्रदर्शन
अस्पष्ट बोल्ने, भकभकाउने, हडबडाउने, अपरिपक्वता, असन्तुष्टि, अस्वस्थता, असामाजिकता आदि व्यवहारबाट उम्मेदवारलाई अवगुणी एवं असन्तुलित व्यक्तित्वको रुपमा चिनिन्छ ।